दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरी टोली परिचालन

दुर्गा प्रसाईं

३० साउन, काठमाडौं ।

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरी टोली पुगेको छ। भक्तपुरको मध्यपुर थिमीस्थित निकोसेरामा रहेको उहाँको निवासमा नेपाल प्रहरीको टोली तैनाथ गरिएको हो।

लघुवित्त तथा सहकारी पीडितहरूले काठमाडौँमा आयोजना गर्न लागेको विरोध आन्दोलनमा प्रसाईं सहभागी हुने सूचनाका आधारमा उहाँलाई निवासमै रोक्ने उद्देश्यले प्रहरी परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ। सम्भावित प्रदर्शन र अनपेक्षित गतिविधि हुन नदिन उहाँको घर परिसरमा प्रहरीको निगरानी बढाइएको छ।

उहाँको महाअभियानको आह्वानमा मधेसका विभिन्न जिल्लाबाट करिब २३ दिनको पैदल यात्रा गर्दै काठमाडौँ आइपुगेका लघुवित्त तथा सहकारी पीडितहरूले आफ्ना माग सम्बोधनका लागि दबाबमूलक कार्यक्रम तय गरेका छन्। पीडितहरूको यो आन्दोलनलाई प्रसाईंले समर्थन गर्दै नेतृत्व गर्ने तयारी गरेपछि प्रहरीले पूर्वसतर्कता अपनाएको हो।

प्रसाईंले पछिल्लो समय लघुवित्त र सहकारीको ऋण मिनाहा हुनुपर्ने तथा वित्तीय शोषण अन्त्य हुनुपर्ने मुद्दा उठाउँदै आउनुभएको छ। काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा कायम राख्न र कुनै पनि किसिमको झडपको स्थिति आउन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको जनाइएको छ।

यो पनि पढ्नुहोस: गुल्मीका वन्यजन्तु पीडित किसानले ३ वर्षपछि पाए क्षतिपूर्ति, रु ९ लाख ६४ हजार वितरण, अछामको मङ्गलसेनमा अटो रिक्सा दुर्घटना: ४८ वर्षीय निरप बोगटीको मृत्यु, भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री बालेनद्वारा समकक्षी मोदी र भारतीय जनतालाई शुभकामना, निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति: विद्यमान ऐन कि कानुन संशोधन?, पार्टी नेतृत्व र केन्द्रीय समितिको वैधानिकतामा कुनै अलमल छैन : विश्वप्रकाश शर्मा, संसद्‌लाई ‘रबर स्ट्याम्प’ बन्न नदिन सांसद र सरकार गम्भीर हुनुपर्ने, रोल्पामा पहिरोको ताण्डव: २ दिनमा १५ जनाको ज्यान गयो, थबाङ र सुनछहरी शोकमा, शुक्रबार नेप्से परिसूचक ७.३७ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब २७ करोड नाघ्यो

पर्यटन प्रबन्धन, नागरिक जिम्मेवारी र दक्ष सेवाहरूको लागि
tarevir.com,
jimmewari.com
skillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।

थप जानकारीका लागि
tarevir.com,
jimmewari.com
skillssewa.com मा जानुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *