ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ

२२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक द्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी सरकार पक्षबाट लिखित जवाफ पेश भइसकेको छ। अब मुद्दाका सबै प्रक्रिया पूरा भइसकेकाले आज दुवै रिट पेसीमा चढ्ने तयारी गरिएको स्रोतले जनाएको छ।

जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार चैत १४ गते प्रहरीले दुवै नेतालाई पक्राउ गरेको थियो। उक्त पक्राउ गैरकानुनी भएको दाबी गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। त्यसपछि चैत १६ गते भएको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। अब सरकार पक्षको लिखित जवाफ आइसकेपछि आज दुवै पक्षबीच बहस हुने र त्यसपछि अदालतले आवश्यक आदेश जारी गर्ने अपेक्षा गरिएको छ।

Other Articles:

How to Control Your Anger – 7 Life-Saving Strategies That Work

Gas Can Save Your Life — or Take It: How to Stay Safe from Gas Leaks at Home

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी


यो पनि पढ्नुहोस्