सुदूरपश्चिम सीमामा सुरक्षा कडा: जनशक्ति थप्ने तयारी, १८० सशस्त्र प्रहरी परिचालन

२३ चैत कञ्चनपुर । सुदूरपश्चिम सीमामा सुरक्षा कडा थप सुदृढ बनाउन सशस्त्र प्रहरीले जनशक्ति बढाउने तयारी थालेको छ। सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नं ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसका अवसरमा महानिरीक्षक राजु अर्याल ले नेपाल–भारत सीमामा जनशक्ति थप गर्न निर्देशन दिएका हुन्।

उनले सीमा सुरक्षा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताए। “सीमा र राष्ट्रिय सुरक्षामा एकजुट भएर लाग्नु आवश्यक छ, साथै भ्रामक सूचना फैलिन नदिनु पनि हाम्रो दायित्व हो,” उनले उल्लेख गरे। कैलाली र कञ्चनपुर जिल्लाका सीमाक्षेत्रमा सुरक्षा मजबुत बनाउन हाल सञ्चालनमा रहेका सात सशस्त्र प्रहरी गुल्ममार्फत थप जनशक्ति परिचालन गरिने तयारी गरिएको छ। प्रारम्भिक चरणमा गुल्म र गणमार्फत करिब १८० जना प्रहरी कर्मचारी खटाइने जनाइएको छ।

नं ७ वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त बाहिनीपति दिग्विजय सुवेदी का अनुसार सीमा क्षेत्रमा हुने अपराध, लागुऔषध ओसारपसार, अवैध गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी सक्रिय रूपमा परिचालित छ। पछिल्लो समय सीमाक्षेत्रमा २४सैँ घण्टा नियमित गस्तीसमेत सञ्चालन गरिएको उनले बताए। सशस्त्र प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा हाल १९ हजार ६९१ जना विपद् सूचक आबद्ध छन् भने २६५ जनालाई समुदायस्तरमा विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ।

बिचौलियामाथि धरपकडको विरोधमा पर्सामा लेखापढी व्यवसायीको अनिश्चितकालीन हड्ताल, ८३ अंकले उकालो लाग्यो सेयर बजार, हाइड्रोपावर क्षेत्रमा उच्च वृद्धि , आईटी सेवा खरिदका लागि ३ हजार डलरसम्म डलर कार्ड व्यवस्थापर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


यो पनि पढ्नुहोस्