ट्रम्पको दाबी : इरानसँग शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज जलमार्ग खुल्ने संकेत

१० जेठ, वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। उनले सम्झौताका धेरै पक्षहरूमा सहमति भइसकेको र विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताएका हुन्।शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले सम्भावित सम्झौतामा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय पनि समावेश हुने संकेत दिएका छन्। विश्व तेल व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग लामो समयदेखि क्षेत्रीय तनावको केन्द्र बनेको छ।

ट्रम्पका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार लगायतका खाडी मुलुकका नेताहरूसँग पनि शान्ति प्रक्रियाबारे सकारात्मक छलफल भएको छ। उनले अमेरिका, इरान तथा अन्य सम्बन्धित देशहरूबीच अन्तिम रूप दिन बाँकी रहेको एउटा व्यापक समझदारीको अधिकांश भाग तय भइसकेको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन्। सम्भावित सम्झौतामा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने.

यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले पनि पछिल्लो समय अमेरिका र इरानबीचका दृष्टिकोण केही नजिकिएको स्वीकार गरेका छन्। तर उनले मुख्य विवादित मुद्दाहरूमा अझै पूर्ण सहमति नभइसकेको स्पष्ट पारेका छन्।इरानले १४ बुँदे खाकामा आधारित दीर्घकालीन सम्झौता चाहेको बताइएको छ। बाकाईका अनुसार आगामी ३० देखि ६० दिनभित्र थप चरणका वार्ताहरू हुनसक्छन्।

ट्रम्पले शनिबार इजरायली प्रधानमन्त्री Benjamin Netanyahu सँग पनि टेलिफोन संवाद गरेको जानकारी दिएका छन्। उनले वार्ता सकारात्मक रहेको बताएका छन्।अमेरिकाले इरानलाई आणविक हतियार विकास गर्न नदिने विषयलाई सम्झौताको मुख्य सर्त बनाएको छ। ट्रम्पले इरानले उच्च प्रशोधित युरेनियम राख्न नपाउने अडान दोहोर्‍याएका छन्।यसैबीच, पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले शान्ति प्रक्रियामा ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। पाकिस्तानले अमेरिका–इरान वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको बताइएको छ।गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि पश्चिम एसियामा तनाव चर्किएको थियो। त्यसपछि इरानले पनि जवाफी आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था अस्थिर बनेको थियो।

अप्रिलमा अस्थायी युद्धविराम लागू भएयता वासिङ्टन र तेहरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि निरन्तर वार्ता भइरहेको छ। यद्यपि आणविक कार्यक्रम, क्षेत्रीय प्रभाव तथा होर्मुज जलमार्गको नियन्त्रणजस्ता विषय अझै संवेदनशील बनेका छन्।


यो पनि पढ्नुहोस: भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब,  नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगीक्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्धउच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,  बाराका रास्वपा सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्काशित बालिका बलात्कार आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउकावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पुष्टिनेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्रीबेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारीप्रतिनिधि सभाको बैठक आज बस्दै,  प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको मागनिर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्