११ असार, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी छ। हालसम्म १६ सयभन्दा बढी प्रतिनिधिले मतदान गरिसकेका छन् भने करिब ३ हजार मत खस्ने अनुमान गरिएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ। बुधबार राति ढिलो सुरु भएको मतदान प्रक्रिया बिहीबार दिउँसो १२ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा प्रयोग भइरहेको विद्युतीय मतदान प्रणाली व्यवस्थापन गरिरहेका लक्ष्मण रिमालका अनुसार हालसम्म १,६०० भन्दा बढी प्रतिनिधिले मतदान गरिसकेका छन्। उनले मतदानको अन्त्यसम्म करिब ३ हजार मत खस्ने अनुमान गरिएको जानकारी दिए।
महाधिवेशनमा ४,१०० भन्दा बढी प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था भए पनि मतदानमा भएको ढिलाइका कारण केही प्रतिनिधि घर फर्किसकेको बताइएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। खुला तर्फ २१० जना र भूगोल तर्फ १७४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी छ। हालसम्म १६ सयभन्दा बढी प्रतिनिधिले मतदान गरिसकेका छन् भने करिब ३ हजार मत खस्ने अनुमान गरिएको छ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत सातै प्रदेशबाट पाँच–पाँच जना गरी कुल ३५ जना निर्वाचित हुने व्यवस्था छ। उम्मेदवार संख्याअनुसार सुदूरपश्चिममा १८, मधेसमा २०, लुम्बिनीमा ३१, कोशीमा २०, कर्णालीमा ३१, बागमतीमा २७ र गण्डकीमा २७ जनाले उम्मेदवारी दिएका छन्। पार्टीको विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिनेछ।
यसअघि मतदान बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने योजना भए पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली टुंगो नलाग्दा प्रक्रिया प्रभावित भएको थियो। निर्धारित समयभन्दा धेरै ढिला भएपछि केही प्रतिनिधिले असन्तुष्टि जनाउँदै मतदान बहिष्कारको नारा समेत लगाएका थिए। स्थिति नियन्त्रणमा राख्न महाधिवेशन स्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
मध्यरातपछि मतदान सुरु भएपछि अहिले प्रतिनिधिहरू लामबद्ध भएर मतदान केन्द्रमा प्रवेश गरिरहेका छन्। रास्वपाका सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। पहिलो चरणको मतगणना सम्पन्न भएपछि दोस्रो चरणमा आठ पदाधिकारी पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
यो पनि पढ्नुहोस: चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति स्वदेश फिर्ता, फेवातालमा डुबेका युवकको उपचारका क्रममा मृत्यु, एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ, के छन् आरोप ?, विनोद शाही हत्या : फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद, लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ | , हास्य कलाकार खेम शर्माको निधन, बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावित, पासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमा, कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च, काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकाले शुक्रबार शोक बिदा दिने, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply