११ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता डा. गोविन्द केसी ले मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना संख्या बढाउने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनले उक्त निर्णय खारेज नगरिए पुनः अनसनसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। बुधबार जारी गरिएको विज्ञप्तिमार्फत डा. केसीले चिकित्सा शिक्षामा विदेशी तथा अन्य विद्यार्थीको भर्ना संख्या वृद्धि गर्ने तयारीले शिक्षा क्षेत्रलाई थप व्यापारीकरणतर्फ धकेल्ने बताएका छन्। उनका अनुसार यस्ता नीतिले चिकित्सा शिक्षाको गुणस्तर कमजोर बनाउने र अन्ततः आम नागरिकको स्वास्थ्य सेवामा नकारात्मक असर पर्नेछ।
उनले नीति अनुसन्धान प्रतिष्ठानमार्फत अघि सारिएका सुझावप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। यस्ता प्रस्तावहरू लागू भए चिकित्सा शिक्षाको सुधारका लागि विगतमा भएका संघर्ष र उपलब्धिहरू कमजोर बन्ने उनको भनाइ छ। डा. केसीले सरकार राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मूल भावना विपरीत अघि बढिरहेको आरोप पनि लगाएका छन्। चिकित्सा शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव र स्वार्थ समूहहरूको हस्तक्षेप बढ्दै गएको भन्दै उनले चिकित्सा शिक्षा आयोगको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरेका छन्।
चिकित्सा शिक्षामा विद्यार्थी भर्ना संख्या बढाउने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै डा. गोविन्द केसीले निर्णय फिर्ता नभए पुनः अनसनसहित आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। मेडिकल सिट बढाउने निर्णय फिर्ता नभए अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी
स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले सिट संख्या बढाउने लगायतका विवादास्पद निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। उनले आफ्ना विगतका मागहरू समेत अझै पूर्ण रूपमा कार्यान्वयन नभएको उल्लेख गर्दै सरकार गम्भीर नबने पुनः सत्याग्रह र अनसनको बाटो रोज्न बाध्य हुने चेतावनी दिएका छन्। डा. केसीले चिकित्सा शिक्षा क्षेत्रमा गुणस्तर, पारदर्शिता र सर्वसाधारणको पहुँचलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्।
यो पनि पढ्नुहोस:(रास्वपा) को प्रथम महाधिवेशन | मतदान १२ बजेसम्म चल्ने, करिब ३ हजार मत खस्ने अनुमान, चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति स्वदेश फिर्ता, फेवातालमा डुबेका युवकको उपचारका क्रममा मृत्यु, एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ, के छन् आरोप ?, विनोद शाही हत्या : फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद, लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ | , हास्य कलाकार खेम शर्माको निधन, बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावित, पासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमा, कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च, काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकाले शुक्रबार शोक बिदा दिने, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply