फेवातालमा डुबेका युवकको उपचारका क्रममा मृत्यु

१० असार, पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा रहेका छन्। उनी सोमबार साँझ फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण मुख्यालय कालिका, कास्की बाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली उद्धारका लागि परिचालन गरिएको थियो। प्रहरी टोलीले खोजी अभियान सञ्चालन गर्ने क्रममा राति ९:१० बजे फेवातालको करिब २५ फिट गहिराइबाट अमर थापालाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो।

उद्धारपछि उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको थियो। तर चिकित्सकले उपचारकै क्रममा राति ९:४४ बजे उनलाई मृत घोषणा गरेका हुन्। सशस्त्र प्रहरी बलका सूचना अधिकारी डीएसपी खेमनाथ शर्मा का अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

मुख्य विवरण

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १९ वर्षीय अमर थापाको सशस्त्र प्रहरीले उद्धार गरे पनि युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मृतक: अमर थापा (१९), : ठेगाना: पोखरा–१५, रामबजार घटना: फेवातालमा पौडी खेल्दा डुबेका, उद्धार: २५ फिट गहिराइबाट, मृत घोषणा : राति ९:४४ बजे


यो पनि पढ्नुहोस:एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ, के छन् आरोप ?, विनोद शाही हत्या : फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद,  लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ | , हास्य कलाकार खेम शर्माको निधन,  बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावितपासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमाकर्णाली सरकारले जेठमा मात्रै गर्‍यो २ अर्ब ४० करोड बजेट खर्च,  काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकाले शुक्रबार शोक बिदा दिने,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्