२४ असार, काठमाडौं । प्रहरीले ६० ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाले लागुऔषध सेवन गरेको पनि परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मंगलबारेकी इन्स्पेक्टर निकिता मिश्राको नेतृत्वमा खटिएको प्रहरी टोलीले रोशी गाउँपालिका–९ मंगलटार क्षेत्रमा कारमा सवार पाँच जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको कारमा यात्रा गरिरहेकी २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको गोजीबाट ६०.०६ ग्राम खैरो हेरोइन बरामद गरिएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट ६०.०६ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्। दुई जनामा लागुऔषध सेवन गरेको पनि पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनापछि कारमा रहेका पाँचै जनाको लागुऔषध सेवन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सबिन कोइराला र जगत खत्रीले लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो पनि पढ्नुहोस:शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने, श्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ, नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, साउन १ देखि सेवा सुरु, आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन, १ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ, बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही, पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था, आयल निगमको कडा कदम, निजामती विधेयकमा दुई मन्त्रालयबीच मतभेद, ३५ दिनदेखि कानुन मन्त्रालयमै रोकियो मस्यौदा, साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply