७ वैशाख काठमाडौं। स्ट्रेट अफ हर्मुज नजिकै इरानी पानीजहाज कब्जा गरिएको घटनाले मध्यपूर्वमा तनाव थप चुलिएको छ।संयुक्त राज्य अमेरिकाको सेनाले आइतबार एक इरानी पानीजहाज कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी तोड्न खोजेको जहाज नियन्त्रणमा लिइएको बताएका छन्। उनले जहाज पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको र भित्र रहेका सामग्रीको जाँच भइरहेको बताएका छन्।
अमेरिकाद्वारा हर्मुज नजिकै इरानी पानीजहाज कब्जा, इरानी पक्षले छिट्टै प्रतिकार गर्ने
अमेरिकी सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरतर्फ गइरहेको थियो। तर इरानले भने जहाज चीनबाट आएको दाबी गर्दै यसलाई ‘सशस्त्र डकैती’को संज्ञा दिएको छ।इरानी पक्षले छिट्टै प्रतिकार गर्ने चेतावनी दिएको पनि जनाइएको छ। यस घटनाले क्षेत्रीय अवस्था झनै तनावपूर्ण बनेको छ र अस्थायी युद्धविराम समेत संकटमा परेको बताइएको छ।
स्ट्रेट अफ हर्मुज विश्वको अत्यन्त महत्वपूर्ण तेल आपूर्ति मार्ग हो, जहाँबाट करिब पाँचौँ भाग तेल आपूर्ति हुन्छ। यही क्षेत्रमा दुवै पक्षबीच नाकाबन्दी जारी रहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यसमेत बढ्न थालेको छ।ट्रम्पले छिट्टै इस्लामावादमा दोस्रो चरणको वार्ता हुने बताएका छन्। उनले अमेरिकी टोली त्यहाँ पुग्ने जानकारी दिएका छन्।तर वार्ता अनिश्चित बनेको छ। सहमति नभए अमेरिकाले इरानको ऊर्जा संरचना र पूर्वाधारमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।यसैबीच शहबाज शरिफले इरानी राष्ट्रपति र कूटनीतिक टोलीसँग वार्ता गर्दै तनाव कम गर्ने प्रयास गरेका छन्।
यो पनि पढ्नुहोस:सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यक, कपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ, अनुसन्धान सुरु, सडक विस्तारका कारण वीरगञ्जमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध, गोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply