लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ

१२ वैशाख, काठमाडौं  । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।नागढुङ्गा क्षेत्रबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१ का २४ वर्षीय निकलेश गोडिया शुक्रबार पक्राउ परेका हुन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार देवघाट गाउँपालिका–५ सेतीभतेरी टोलका ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा र चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ। उनको घर खानतलासी गर्दा जरायोका सिङ र गैँडाको छाला समेत बरामद भएको प्रहरीले जनाएको छ।त्यस्तै हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनसहित थप तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं, तनहुँ र झापाबाट खैरो हेरोइन, गाँजा तथा प्रतिबन्धित सामग्रीसहित पाँच जना पक्राउ। प्रहरी अनुसन्धान जारी।

यो पनि पढ्नुहोस: रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी,  सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिसमिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्