ट्रम्पका विशेष दूत सर्गियो गोर काठमाडौं आउँदै

१७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ नेपाल आइपुग्नेछन्। बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर उच्च तहका कूटनीतिज्ञमध्ये एक मानिएका छन्। उनको भ्रमण मुख्य रूपमा व्यवसाय, लगानी तथा दुई देशबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताइएको छ। नेपाल बसाइका क्रममा गोरले स्वर्णिम वाग्ले र शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

यद्यपि, प्रधानमन्त्री बालेन शाहसँग उनको भेट हुने वा नहुनेबारे अझै स्पष्ट भइसकेको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार प्रधानमन्त्री अहिले आन्तरिक सुशासनका विषयमा व्यस्त रहेकाले भेट तय भइनसकेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर काठमाडौं आउँदै। बालेन शाहसँग भेट हुने/नहुने अन्योल, लगानी र कूटनीति मुख्य एजेन्डा।

पछिल्लो समय नेपाल आउने विदेशी कूटनीतिज्ञहरूले शीर्ष नेतृत्वसँग भेट गर्ने परम्परा रहे पनि वर्तमान सरकारमा यो अभ्यास केही फरक देखिएको छ। यसअघि पनि अमेरिकी अधिकारीहरूले प्रधानमन्त्रीसँग औपचारिक भेट नगरी अन्य राजनीतिक नेतृत्वसँग भेट गरेका उदाहरण छन्। स्रोतका अनुसार यदि समय नमिलेमा गोरले पनि अन्य राजनीतिक दलका नेता तथा मन्त्रीहरूसँग भेटघाट गरेर फर्किन सक्ने सम्भावना छ।


यो पनि पढ्नुहोस: सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै,  मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,  किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?,  बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते,   पहुँचका आधारमा कर्मचारीले लिएको चारपांग्रे सुविधा खोस्दै सरकार,  ७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित),  कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ,  लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउछिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्