८ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ले बारा जिल्ला सभापति चन्दन स्वर्णकार को पार्टी सदस्यता खारेज गरेको छ। पार्टीको केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ ले स्वर्णकारलाई पत्र पठाउँदै साधारण सदस्यता समेत समाप्त गरिएको जानकारी दिएका हुन्।
रास्वपाले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीबाट निष्कासन गरेको छ। किन गरियो कारबाही ?
रास्वपाका अनुसार बाराबाट निर्वाचित चार सांसदले अनुशासन आयोगमा स्वर्णकारविरुद्ध उजुरी दिएका थिए। उनीमाथि:
- आर्थिक अनियमितता गरेको
- पार्टी संगठन प्रभावकारी रूपमा परिचालन नगरेको
- विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको
जस्ता आरोप लगाइएको थियो। पार्टी स्रोतका अनुसार बारा जिल्ला समिति भंग गरेर नयाँ समिति गठन गर्न केन्द्रबाट प्रतिनिधि समेत खटाइसकिएको छ।
“मेरो राजनीतिक हत्या भयो” : स्वर्णकार
कारबाहीपछि स्वर्णकारले सामाजिक सञ्जालमार्फत आफ्नो ‘राजनीतिक हत्या’ भएको प्रतिक्रिया दिएका छन्। उनले निष्पक्ष छानबिनबिनै आफूलाई पार्टीबाट हटाइएको आरोप लगाउँदै लेखेका छन् कि जेठ ९ गते हुने जिल्ला अधिवेशनअघि योजनाबद्ध रूपमा निष्कासन गरिएको हो। स्वर्णकारले अधिवेशनमा आफू पुनः सभापति चुनिने सम्भावनाबाट डराएर सांसदहरूको दबाबमा कारबाही गरिएको दाबी गरेका छन्। उनले फेसबुकमा लेखेका छन्:
“रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन।” उनले आफ्नो राजनीतिक यात्रा नरोकिने र अब स्वतन्त्र रूपमा जनताको सेवामा अझ सक्रिय हुने बताएका छन्।
यो पनि पढ्नुहोस: बालिका बलात्कार आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ, कावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पुष्टि, नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्री, बेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारी, प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग, निर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बने, विश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply