आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिका भिड्दै

८ जेठ, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीच जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकाको सामना गर्नेछ। खेल बिहान ९ः३० बजे सुरु हुनेछ।विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्न नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। नेपालले अब लिग–२ का बाँकी सबै खेल जित्नुपर्ने दबाबमा रहेको छ। साथै, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न पनि शीर्ष ६ भित्र रहन आवश्यक छ।

जारी सिरिजमा नेपालले हालसम्म तीन खेल खेलिसकेको छ। तीमध्ये एक खेलमा हार व्यहोरे पनि दुई खेलमा उत्कृष्ट जित हासिल गरेको छ। वर्षाका कारण प्रभावित खेलमा नेपाल स्कटल्याण्डसँग डिएलएस नियमअनुसार २ रनले पराजित भएको थियो। त्यसपछि भने नेपालले स्कटल्याण्डलाई ६ विकेटले हराउँदै शानदार पुनरागमन गर्‍यो।नेपालले अमेरिकाविरुद्धको पहिलो खेलमा पनि प्रभावशाली प्रदर्शन गर्दै ९ विकेटको फराकिलो जित निकालेको थियो।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले अमेरिकासँग त्रिवि मैदानमा प्रतिस्पर्धा गर्दैछ। विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना जोगाउन नेपाललाई जित अत्यन्त आवश्यक छ।

स्कटल्याण्डविरुद्धको पछिल्लो जितसँगै नेपाल अंक तालिकामा उल्लेखनीय सुधार गर्दै सातौं स्थानबाट पाँचौं स्थानमा उक्लिएको छ। नेपालले क्यानडा र नामिबियालाई पछि पार्दै आफ्नो स्थिति बलियो बनाएको हो।हाल अमेरिका र स्कटल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। नेपाल भने शीर्ष ६ भित्र रहँदै आफ्नो एकदिवसीय मान्यता सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ।

यो पनि पढ्नुहोस:उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,  बाराका रास्वपा सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्काशित बालिका बलात्कार आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउकावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पुष्टिनेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्रीबेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारीप्रतिनिधि सभाको बैठक आज बस्दै,  प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको मागनिर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा,   सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बनेविश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्