८ जेठ, तेहरान। अली खामेनी ले इरानको उच्च प्रशोधित युरेनियम देशबाहिर नपठाउन निर्देशन दिएको खुलासा भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुई वरिष्ठ इरानी स्रोतलाई उद्धृत गर्दै सर्वोच्च नेता खामेनीले यस्तो निर्देशन दिएका हुन्।इरानसँग हाल करिब ४०० किलो उच्च प्रशोधित युरेनियम रहेको बताइएको छ। यही विषय अहिले इरान र अमेरिका बीचको वार्ताको सबैभन्दा विवादास्पद मुद्दा बनेको छ।
अमेरिका र इसराइलको दबाब
अमेरिका र इसराइलले इरानले यस्तो युरेनियम राख्न नपाउने अडान लिँदै आएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले हालै इरानको उच्च प्रशोधित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने बताएका थिए। उनले ह्वाइट हाउसमा पत्रकारसँग भनेका थिए:
“हामी त्यसलाई प्राप्त गरेर सम्भवतः नष्ट गर्नेछौं। कुनै हालतमा इरानलाई राख्न दिने छैनौं।”इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि इरानले युरेनियम प्रशोधन गर्न नपाउने र ब्यालिस्टिक मिसाइल क्षमता अन्त्य नभएसम्म युद्ध समाप्त नभएको मानिने चेतावनी दिँदै आएका छन्।
वार्ता थप जटिल बन्ने संकेत
खामेनीको नयाँ निर्देशनपछि लामो समयदेखि अवरुद्ध इरान–अमेरिका वार्ता अझ जटिल बन्ने संकेत देखिएको छ। रोयटर्सका अनुसार इरानभित्रको सत्तावृत्तमा युरेनियम देशबाहिर पठाउँदा भविष्यमा अमेरिका वा इसराइलबाट सम्भावित आक्रमणको जोखिम बढ्ने चिन्ता छ। त्यसैले अहिले युरेनियम भण्डार देशभित्रै राख्नुपर्नेमा शीर्ष तहमा सहमति बनेको बताइएको छ।
युद्धविरामपछि पनि तनाव कायम
गत फेब्रुअरी २८ मा अमेरिका–इसराइलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अहिले अस्थायी युद्धविराममा पुगेको छ। तर आणविक कार्यक्रम, अमेरिकी नाकाबन्दी तथा Strait of Hormuz मा इरानको प्रभावका कारण शान्ति वार्ता अझै पेचिलो बनेको छ। इरानले भने उच्च समृद्ध युरेनियमको केही हिस्सा चिकित्सा प्रयोजन तथा अनुसन्धान रिएक्टरका लागि आवश्यक रहेको दाबी गर्दै आएको छ। यसअघि Abbas Araghchi को रूस भ्रमणका क्रममा इरानले आफ्नो केही युरेनियम Russia लाई हस्तान्तरण गर्न सकिने संकेत दिएको थियो।

यो पनि पढ्नुहोस: बाराका रास्वपा सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्काशित बालिका बलात्कार आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ, कावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पुष्टि, नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्री, बेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारी, प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग, निर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बने, विश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply