रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्

काठमाडौं, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन्। रवि लामिछानेले आज बिहान ९ बजेका लागि सर्वदलीय बैठकको आयोजना गरेका हुन्। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई/दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

यद्यपि, नेपाली कांग्रेसका सभापति गगन थापा बैठकमा उपस्थित नहुने जनाइएको छ। कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलमले बैठकमा सहभागिता जनाउनेछन्।

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन्। कांग्रेसबाट भीष्मराज आङ्दम्बे र फिरदोश आलमले बैठकमा प्रतिनिधित्व गर्नेछन्।

बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बस्ने कार्यक्रम रहेको छ। सर्वदलीय बैठकको औपचारिक निमन्त्रणा प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइएको रास्वपाले जनाएको छ। बैठकमा वर्तमान राजनीतिक परिस्थिति, संसद्को प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस:पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा,  भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैनविश्व वातावरण दिवस २०२६ देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैकोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमासांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै बागमती सरकार, प्रत्यक्ष सांसदलाई ५ करोडसम्मसरकारले २५ संस्था खारेज ,  बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्