२३ असार, सप्तरी । श्रीमतीको हत्या आरोपमा फरार रहेका एक युवकलाई सप्तरी प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बोदेवर्साइन नगरपालिका–४ सिल्हटका २५ वर्षीय रुन्जे सदाय हुन्। उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार रुन्जेमाथि २०७६ पुस १७ गते मध्यराति आफ्नी श्रीमती गीता देवी सदायको हत्या गरेको आरोप छ। घटनापछि उनी फरार रहेका थिए।
श्रीमती हत्या आरोपमा फरार रहेका युवक ७ वर्षपछि सप्तरीबाट पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार दम्पतीबीच छोरीको जन्मपछि भएको मृत्युको विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतकका बुवा सुकराती सदाको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको थियो। पक्राउ परेका सदायविरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस: नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, साउन १ देखि सेवा सुरु, आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन, १ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ, बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही, पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था, आयल निगमको कडा कदम, निजामती विधेयकमा दुई मन्त्रालयबीच मतभेद, ३५ दिनदेखि कानुन मन्त्रालयमै रोकियो मस्यौदा, साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply