६ साउन, काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपाली कामदार छनोट गर्न सञ्चालन हुने ईपीएस–टोपिक (कोरियन भाषा परीक्षा) का लागि साउन ११ गतेदेखि आवेदन खुल्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाले जारी गरेको सूचनाअनुसार साउन ११ देखि १७ गते (जुलाई २७ देखि अगस्ट २) सम्म इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
अनलाइनबाट यसरी आवेदन दिन सकिने
इपीएस शाखाका अनुसार आवेदकले eoers.epsnepal.gov.np वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ। आवेदन प्रक्रियालाई सहज बनाउन वेबसाइटको पहिलो पृष्ठमै डेमो भिडियो उपलब्ध गराइएको छ।
फारम भर्दा:
- मापदण्डअनुसारको फोटो
- वैध इमेल ठेगाना
- मोबाइल नम्बर
अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।
आवेदन शुल्क
भाषा परीक्षाका लागि २८ अमेरिकी डलर शुल्क तोकिएको छ। उक्त रकम आवेदन दिने दिन कायम रहेको विनिमय दरअनुसार अनलाइनमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
७,२०० जनाका लागि कोटा
यस वर्ष दक्षिण कोरियाले नेपालबाट ७ हजार २ सय जना कामदार छनोट गर्ने भएको छ।
क्षेत्रगत कोटा यसप्रकार छ:
- उत्पादनमूलक क्षेत्र: ५,००० जना
- कृषि तथा पशुपालन: २,००० जना
- सेवा क्षेत्र: १०० जना
- वन क्षेत्र: १०० जना
आवेदन संकलन सम्पन्न भएपछि परीक्षा मिति र विस्तृत तालिका सार्वजनिक गरिने इपीएस शाखाले जनाएको छ।
आवेदन दिन कसले पाउने?
कोरियन भाषा परीक्षाका लागि आवेदन दिन उम्मेदवारले निम्न योग्यता पूरा गरेको हुनुपर्नेछ:
- १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको
- फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको
- दक्षिण कोरियामा गैरकानुनी रूपमा बसोबास नगरेको
- नेपाल सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध नलगाएको
- कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेको
इपीएस कोरिया शाखाले आवेदन दिनुअघि सबै मापदण्ड ध्यानपूर्वक अध्ययन गरी आवश्यक कागजात तयार राख्न आग्रह गरेको छ।
यो पनि पढ्नुहोस:विदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता रोक्न नमिल्ने सर्वोच्चको व्याख्या–, काठमाडौंको माकालबारीमा युवतीले युवतीले आगो लगाएर गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै, कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, , धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदान, कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदर, कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा, कोशी अस्पतालको सरकारी जग्गामा डोजर, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात





















Leave a Reply