Latest posts
-
दरबार हत्याकाण्ड अनुसन्धान फेरि खुल्ने संकेत, अझै अनुत्तरित छन् १० प्रमुख प्रश्न

२७ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया पुनः अघि बढाउने निर्णय गरेपछि २५ वर्ष पुरानो घटनाबारे फेरि राष्ट्रिय बहस सुरु भएको छ।२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारस्थित त्रिभुवन सदनमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित राजपरिवारका सदस्यहरूको मृत्यु भएको थियो। उक्त
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

२१ जेठ, काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै नेपाल भित्रिएका करिब ७५० वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। मुस्ताङदेखि कास्कीसम्मका विभिन्न स्थानमा ती गाडीहरू रोकिएको बताइएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार ती सवारीसाधनहरू विभिन्न जिल्लातर्फ लैजाने क्रममा शंका लागेपछि नेपाल प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो। कागजात जाँचको प्रक्रिया सुरु नियन्त्रणमा
-
डीडस साइबर आक्रमणले ठप्प बनायो सरकारी ई-जीपी प्रणाली, बोलपत्रको म्याद फेरि थपियो

२१ जेठ, काठमाडौं । सरकारी खरिद तथा ठेक्का व्यवस्थापनका लागि प्रयोग हुने विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) माथि भएको डीडस (Distributed Denial of Service) साइबर आक्रमणका कारण सेवा चार दिनदेखि प्रभावित बनेको छ। प्रणालीमा निरन्तर अवरोध आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र पेस गर्ने अन्तिम म्याद पटक-पटक थप्नुपरेको छ। कार्यालयका अनुसार आइतबारदेखि सुरु भएको साइबर
-
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, नागरिकता किर्ते आरोपमा अनुसन्धान

१९ जेठ, वीरगन्ज । राजेशमान सिंह लाई नागरिकता लिखतसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयर सिंहलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध जेठ ८ गते नै पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार नागरिकता सम्बन्धी लिखत कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको
-
पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ

१३ जेठ, काठमाडौं । पाल्पा मिसन अस्पतालकी डाक्टर र नर्स भएको नाटक गर्दै फेसबुकमार्फत बालिका तथा युवतीलाई नग्न तस्बिर पठाउन लगाएर ब्ल्याकमेल गर्ने एक पुरुष पक्राउ परेका छन्।प्रहरीका अनुसार निर्मल थापा क्षेत्री नामका ३२ वर्षीय व्यक्तिले फेसबुकमा ‘सरिता मगर’ र ‘रेजिना थापा’ नामका नक्कली आईडी बनाएर साइबर अपराध गरेका थिए। उनी अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ निवासी
-
खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ

१२ जेठ, काठमाडौं । काठमाडौंको खिचापोखरी क्षेत्रमा प्रहरीले ठूलो मात्रामा अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड रुपैयाँ बराबरका भेपसहित एक जनालाई पक्राउ गरेको हो। काठमाडौंको खिचापोखरीस्थित पसल र गोदाममा प्रहरीले छापा मारेर करिब ६ करोड रुपैयाँ बराबरका २८ हजार ५०० अवैध भेप बरामद गरेको छ।
-
थानकोटमा घरायसी विवाद: चक्कु प्रहारबाट एक युवकको मृत्यु, आरोपी पक्राउ

३ जेठ, काठमाडौं । चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोट क्षेत्रमा घरायसी विवादका कारण चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। महोत्तरीका करिब ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने २५ वर्षीय जाकिर मन्सुरीमाथि चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए। घटनापछि तत्काल उद्धार गरी उनलाई मेडपोइन्ट अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा गएराति करिब ९:३०
-
सिन्धुपालचोकमा ५६ लाखका १,६२० भेपसहित ७ जना पक्राउ

२ जेठ, काभ्रेपलाञ्चोक । सिन्धुपालचोकको भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट ठूलो मात्रामा अवैध भेपसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार करिब ५६ लाख ७० हजार रुपैयाँ बराबरका १,६२० थान भेप लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कसरी भयो पक्राउ? इलाका प्रहरी कार्यालय कोदारी बाट खटिएको टोलीले जेठ १ गते राति करिब ९:३० बजे
-
३४ लाखका गहना चोरी प्रकरण: २२ लाख नगदसहित ३ जना पक्राउ

२८ वैशाख , काठमाडौं । करिब ३४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा तीन जना आरोपीलाई प्रहरीले २२ लाख नगदसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सप्तरीको खडक नगरपालिका–१० का २४ वर्षीय समीर चौधरी, ललितपुर कुपन्डोलकी ४८ वर्षीया पूजा शर्मा जोशी, तथा भारतको बिहार घर
-
मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ

२६ वैशाख, काठमाडौं । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार (वैशाख २५) घिमिरेलाई पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले
-
देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा इन्टरपोलले माग्यो थप कागजात

२४ वैशाख, काठमाडौं । शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गर्ने प्रक्रियामा इन्टरपोल ले थप कागजात माग गरेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले आवश्यक थप विवरण एनसीबी काठमाडौं मार्फत मागेको हो। प्रहरीका एक उच्च अधिकारीका अनुसार रेड नोटिस प्रक्रिया अझै जारी रहेकाले आवश्यक कानुनी कागजात र प्रमाणहरू
-
शेखर गोल्छाको पक्राउबारे सर्वोच्चको आदेशमा के छ ?

२२ वैशाख, काठमाडौं। सर्वोच्च अदालत ले व्यवसायी शेखर गोल्छा को पक्राउ प्रक्रियामाथि महत्वपूर्ण आदेश जारी गर्दै कानुनी व्याख्या स्पष्ट पारेको छ। अदालतले गोल्छालाई ‘धरौटी वा जमानत बुझाउन नसकेमा मात्रै’ हिरासतमा राख्न सकिने बताएको छ। पक्राउ प्रक्रिया किन विवादित बन्यो ? गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको थियो। तर, उक्त ऐनको दफा १०४
-
४ वटा बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति वैदेशिक ठगीमा समातिए

२१ वैशाख, काठमाडौं । चार वटा बैंकिङ कसुरका मुद्दामा फरार रहेका एक व्यक्तिलाई वैदेशिक रोजगारी ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–९ स्थायी घर भई भक्तपुरको थिमी नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय रोशना चापागाँई रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले भक्तपुरको कमेरोटार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका
-
काठमाडौं र ललितपुरका मसाज सेन्टरमा प्रहरीको ठूलो कारबाही, २५८ जना नियन्त्रणमा

२० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका मसाज सेन्टरहरूमा प्रहरीले ठूलो कारबाही गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइतबार एकैदिन ५७ वटा मसाज सेन्टरमा छापा मार्दा २५८ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार काठमाडौंको ठमेल र बौद्ध क्षेत्रसँगै ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका मसाज सेन्टरहरूमा अनैतिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा कारबाही
-
काठमाडौंमा पेस्तोल र १६ हजार ट्रामाडोलसहित ४ जना पक्राउ

१८ वैशाख, काठमाडौं । अवैध हातहतियार र ठूलो मात्रामा लागुऔषधसहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरो नेपाल कोटेश्वरबाट खटिएको टोलीले विभिन्न स्थानमा गरिएको अपरेशनका क्रममा एक थान पेस्तोलसहित यसको म्यागजिन, गोलीहरू तथा हजारौँ संख्यामा ट्रामाडोल ट्याब्लेट बरामद गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान पेस्तोल, त्यसका तीनवटा म्यागजिन, चार राउन्ड गोली,
-
ई–बिडिङ ह्याक काण्ड: नेपाल टेलिकम सर्भर ह्याकमा समातिएका कर्मचारी फेरि पक्राउ

१८ वैशाख, काठमाडौं । सार्वजनिक खरिद प्रणालीमा ठूलो अनियमितता देखिएको नेपाल टेलिकम सर्भर ह्याक प्रकरणमा पहिले नै साइबर अपराधमा समातिएका एक सरकारी कर्मचारी पुनः संलग्न भएको खुलासा भएको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय अन्तर्गतको ई–गभर्नेन्स प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण परिवर्तन गर्ने गिरोह सक्रिय रहेको पाइएको हो। यस घटनामा
-
डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका गरगहना लुट्ने गिरोह पक्राउ

१८ वैशाख, काठमाडौं । उपत्यकामा डेरा खोज्ने नाटक गर्दै महिलालाई लक्ष्य बनाएर सुनका गरगहना लुट्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ। पछिल्ला केही सातामा एकै शैलीका घटनाहरू बढेपछि प्रहरीले विशेष अनुसन्धान गरी समूहलाई पक्राउ गरेको हो। चन्द्रागिरि नगरपालिका क्षेत्रलाई केन्द्र बनाएर यो गिरोहले वृद्ध तथा एक्लै हिँडिरहेका महिलालाई लक्षित गर्ने गरेको पाइएको छ। उनीहरू मोटरसाइकलमा
-
रोल्पामा जिप दुर्घटना: एकै परिवारका ७ सहित २० जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा भएको भीषण जिप दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना एउटै परिवारका सदस्य रहेको खुलेको छ। स्थानीय जनप्रतिनिधि बिरेन्द्र बस्नेतका अनुसार मृतकमध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका बासिन्दा हुन्। दुर्घटनामा परेका एकै परिवारका दुई दाजुभाइका कुल ७ सदस्यले ज्यान गुमाएका छन्। बस्नेतका अनुसार एक दाजुको परिवारबाट
