१७ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागको प्रणाली र नागरिक एपमा ‘स्मार्ट लाइसेन्स छापिएको (लाइसेन्स प्रिन्टेड)’ देखिएपछि उत्साहित भएर कार्यालय पुग्ने सेवाग्राहीहरू कार्ड नपाई फर्किनुपर्ने अवस्था बढ्दै गएको छ।अनलाइन प्रणालीमा लाइसेन्स कार्ड प्रिन्ट हुनेबित्तिकै ‘प्रिन्टेड’ स्टाटस अपडेट हुने भए पनि वास्तविक कार्ड सम्बन्धित कार्यालयमा पुग्न र वितरणका लागि तयार हुन केही समय लाग्ने भएकाले यस्तो समस्या देखिएको हो।
विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार केन्द्रबाट कार्ड छापिनेबित्तिकै प्रणालीमा अपडेट गरिन्छ, जसको सूचना नागरिक एपमा पनि देखिन्छ। तर कार्ड हुलाकमार्फत जिल्लागत कार्यालयमा पुग्न र त्यहाँ वितरणको तयारी गर्न केही दिन लाग्ने भएकाले सेवाग्राहीले तत्काल कार्ड पाउन सक्दैनन्।उनले सेवाग्राहीलाई सम्बन्धित यातायात कार्यालयले आधिकारिक रूपमा सूचना जारी गरेपछि मात्र लाइसेन्स लिन जान सुझाव दिएका छन्।
यता नागरिक एपका प्रतिनिधिहरूका अनुसार उनीहरूले विभागकै प्रणालीबाट प्राप्त डाटा (API) अनुसार ‘प्रिन्टेड’ स्टाटस देखाउने गरेका छन्। कार्ड छापिएको भए पनि ढुवानी र व्यवस्थापनका कारण वितरणमा ढिलाइ हुनु स्वाभाविक रहेको उनीहरूको भनाइ छ।कहिलेकाहीँ एपमा स्टाटस अपडेट नदेखिने समस्या मोबाइलको ‘क्यास’ (cache) कारण हुन सक्ने जनाइएको छ। यस्तो अवस्थामा एपबाट लाइसेन्स हटाएर पुनः लिंक गर्दा नयाँ सूचना देखिन्छ।
यातायात व्यवस्था कार्यालयहरूका अनुसार ठूलो संख्यामा आउने कार्डहरूलाई छुट्याउने, अभिलेख राख्ने र वितरण सूची तयार गर्न समय लाग्ने गर्दछ। उदाहरणका लागि, इटहरी कार्यालयमा एकैपटक हजारौं कार्ड पुगेपछि वितरण गर्न १५–२० दिनसम्म लाग्ने अवस्था रहेको छ।यसैले, केवल एप वा वेबसाइटमा ‘प्रिन्टेड’ देखिएको आधारमा कार्यालय पुग्दा सेवाग्राहीहरू निराश हुनुपरेको छ। सम्बन्धित कार्यालयको आधिकारिक सूचीमा नाम प्रकाशित भएपछि मात्र लाइसेन्स लिन जानु उपयुक्त हुने सुझाव दिइएको छ।

यो पनि पढ्नुहोस: सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै, मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?, बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते, पहुँचका आधारमा कर्मचारीले लिएको चारपांग्रे सुविधा खोस्दै सरकार, ७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित), कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ, लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ, छिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply