फेसबुकको डेस्कटप संस्करणमा आइतबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको छ।

फेसबुक वेबसाइटमा प्राविधिक समस्या

३ साउन, काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको डेस्कटप (वेबसाइट) संस्करणमा आइतबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको छ।

प्रयोगकर्ताहरूका अनुसार करिब दिउँसो १:३५ बजेदेखि फेसबुक अकाउन्ट एकाएक लगआउट हुने, वेबसाइट लोड नहुने तथा ‘Account Temporarily Unavailable’ भन्ने सन्देश देखिन थालेको छ। विश्वभर सेवा अवरोधको निगरानी गर्ने प्लेटफर्म डाउन डिटेक्टरमा पनि ठूलो संख्यामा प्रयोगकर्ताले फेसबुकमा समस्या आएको रिपोर्ट गरेका छन्। प्राप्त विवरणअनुसार समस्या करिब दिउँसो १:३० बजेदेखि सुरु भएको देखिन्छ।

हालसम्म समस्या किन उत्पन्न भयो भन्नेबारे मेटाले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। सेवा पुनः सामान्य बनाउन प्राविधिक टोलीले काम गरिरहेको अनुमान गरिएको छ। यस समस्याले मुख्यतः फेसबुकको वेबसाइट प्रयोगकर्तालाई असर गरेको देखिएको छ। समस्या विश्वव्यापी हो वा केही क्षेत्रमै सीमित छ भन्ने विषय पनि अझै स्पष्ट भइसकेको छैन।


यो पनि पढ्नुहोस:धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदानकपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु,  साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदरकन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमाकोशी अस्पतालको सरकारी जग्गामा डोजर,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *