१६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रिपरिषद् बैठक आज बस्दैछ।
प्रधानमन्त्री बालेन शाह मन्त्रिपरिषद् बैठक सोमबार अपराह्न ४ बजे बस्ने तय भएको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सम्मित पोखरेलका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना हुनेछ। यो प्रधानमन्त्री नवगठित सरकारको दोस्रो बैठक हो।
यसअघि शुक्रबार पनि बैठक बसेको थियो। उक्त बैठकले कार्की आयोगका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। साथै शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरिएको थियो। आजको मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण नीतिगत निर्णय हुने अपेक्षा गरिएको छ।
powered by jimmewari
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा कांग्रेस नेता दीपक खड्का पक्राउ

-1774611720.jpg)