अमेरिकाले इरानका मिसाइल र ड्रोन केन्द्रमा हवाई हमला

१४ असार, काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चुलिएको छ। अमेरिकाले शुक्रबार इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा तटीय राडार साइटहरूमा करिब एक घण्टासम्म हवाई हमला गरेको छ। त्यसको जवाफस्वरूप इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम उल्लङ्घन गरेपछि बाध्य भएर सैन्य कारबाही गर्नुपरेको बताएका छन्। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, जुन २५ मा इरानले होर्मुज जलडमरूमध्यमा सिङ्गापुरको मालवाहक जहाज एमभी एभर लभ्ली माथि ड्रोन आक्रमण गरेको थियो। त्यसपछि अमेरिकी सेनाले इरानका रणनीतिक सैन्य संरचनामाथि लक्षित हमला गरेको जनाएको छ। उता, इरानको सरकारी समाचार एजेन्सीले इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) को नौसेनाले अमेरिकी सैन्य अखडाहरूमा जवाफी आक्रमण गरेको जनाएको छ।

इरानी संसद्का सदस्य इब्राहिम अजिजीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका वार्ताकै क्रममा पुनः सैन्य आक्रमणमा उत्रिएको आरोप लगाएका छन्। उनले युद्धविराम उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने चेतावनी दिएका छन्। इरानको विदेश मन्त्रालयले पनि अमेरिका र इजरायलको सैन्य कारबाहीमा समर्थन जनाउने नेटो सदस्य राष्ट्रहरूले आफ्नो भूमिकाबारे जवाफ दिनुपर्ने जनाएको छ।

अमेरिकाले इरानका मिसाइल, ड्रोन हब र राडार साइटमा हवाई हमला गरेको छ। इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ।

बीबीसीका अनुसार, आईआरजीसीले कुवेतस्थित अली अल–सलेम एयरबेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ फ्लीटको मुख्यालय सहित आठ वटा सैन्य लक्ष्यमा ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ। इरानले यी आक्रमण हालै भएका अमेरिकी हवाई हमलाको प्रतिकारस्वरूप गरिएको जनाएको छ। यसैबीच, राष्ट्रपति ट्रम्पले युद्धविराम लगातार उल्लङ्घन भए इरानको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै अमेरिकी विमानहरूले इरानका मिसाइल, ड्रोन भण्डारण केन्द्र र राडार साइटहरूलाई सफलतापूर्वक निशाना बनाएको बताएका छन्। आवश्यक परे अमेरिका थप कडा सैन्य कारबाही गर्न तयार रहेको उनको भनाइ छ। यता अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले विवादको समाधान वार्ताबाट खोज्नुपर्नेमा जोड दिँदै हिंसात्मक गतिविधि जारी रहे त्यसको उचित जवाफ दिइने चेतावनी दिएका छन्। उनले इरानलाई मतभेद समाधानका लागि संवादको बाटो रोज्न आग्रह गरेका छन्।


यो पनि पढ्नुहोस:आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया सुरु, अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण हुँदै,   हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षतितीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधनकेन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,  इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमणबीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको मागन्यून चापीय वायुको प्रभाव कायम, आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावनारविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा,  भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्