१४ साउन, काठमाडौं । अमेरिकामा रगतको चरम अभाव मौज्दात इतिहासकै दोस्रो न्यून स्तरमा पुगेको भन्दै अमेरिकन रेडक्रसले तत्काल रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। रेडक्रसको १५० वर्षको इतिहासमा रगतको भण्डार यति कम भएको यो दोस्रोपटक भएको संस्थाले जनाएको छ।
डढेलो र गर्मीले बढायो संकट
अमेरिकन रेडक्रसकी चिकित्सक डा. कर्टनी लरेन्सका अनुसार देशभर फैलिएको वनडढेलो, अत्यधिक गर्मी र प्राकृतिक विपत्तिका कारण रक्तदानमा कमी आएको हो। उनका अनुसार गत महिना मात्रै रगतको आपूर्ति २५ प्रतिशतले घटेको थियो। यो संकट अस्पतालहरूमा रगतको आवश्यकता सामान्यतया बढी हुने गर्मीयाममै देखिएको हो।
गर्मीयाममा बढ्छ रगतको आवश्यकता
डा. लरेन्सका अनुसार गर्मी मौसममा सवारी दुर्घटना, बाहिरी गतिविधि तथा चोटपटकका घटना बढ्ने भएकाले रगत चढाउनुपर्ने बिरामीको संख्या पनि उल्लेखनीय रूपमा बढ्ने गर्छ। अमेरिकामा प्रयोग हुने कुल रगतमध्ये करिब ४० प्रतिशत आपूर्ति अमेरिकन रेडक्रसले गर्दै आएको छ। संस्थाले अहिले मौज्दातमा रहेको रगत तीव्र गतिमा प्रयोग गर्नुपरेको जनाएको छ।
रगतको प्रयोग अवधि सीमित
रेडक्रसका अनुसार रगत लामो समयसम्म भण्डारण गर्न सकिँदैन। रगतका कोषिका समयसँगै नष्ट हुने भएकाले दान गरिएको रगत ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ। हाल अमेरिकामा सबै रक्तसमूहको रगत आवश्यक रहे पनि विशेषगरी ‘ओ पोजिटिभ’ समूहको रगतको माग उच्च रहेको बताइएको छ।
क्यानडामा पनि घट्यो रक्त आपूर्ति
रेडक्रसले पहिलोपटक सन् २०२२ मा कोभिड–१९ महामारी र अत्यधिक चिसो मौसमका कारण रगत आपूर्तिमा राष्ट्रिय संकट घोषणा गरेको थियो। यस्तै, छिमेकी क्यानडामा पनि जुन महिनादेखि रगतको आपूर्ति करिब २० प्रतिशतले घटेको क्यानेडियन ब्लड सर्भिसेजले जनाएको छ। यद्यपि त्यहाँ रक्तदान किन घटिरहेको छ भन्ने कारण अझै स्पष्ट हुन सकेको छैन।
यो पनि पढ्नुहोस:एक वर्षभित्र म्याद सकिने लाइसेन्स नजिकको कार्यालयबाट नवीकरण गर्न विभागको आग्रह, एनसेल र स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ, अमेरिका र साउदीले इराकमा हवाई हमला, इरान समर्थित समूहलाई लक्ष्य बनाएको दाबी, देवानगञ्ज घटनापछि सिंहदरबारमा सर्वदलीय बैठक सुरु, शीर्ष नेताहरू सहभागी, रासायनिक मल लिन गएका दुई नेपाली भारतीय जेलमा, रिहाइमा सहजीकरण गर्न कांग्रेसको माग, झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन, टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ, युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात





















Leave a Reply