५ वैशाख , काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना आन्दोलनका कार्यक्रम संशोधन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले नयाँ कार्यक्रम तालिका पारित गरेको हो। महासचिव शंकर पोखरेल को अध्यक्षतामा सम्पन्न बैठकले पार्टी स्थापना दिवसलाई विशेष रूपमा मनाउने निर्णय गरेको छ। पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार वैशाख ९ गते देशभरका सबै जिल्ला कमिटीहरूले अनिवार्य रूपमा रचनात्मक कार्यक्रम आयोजना गर्नेछन्।
नेपाल कम्युनिष्ट पार्टी एमालेका आन्दोलनका कार्यक्रम संशोधन
काठमाडौं उपत्यकामा भने सोही दिन दिउँसो २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिनेछ। यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आन्दोलनका विभिन्न चरणहरू सार्वजनिक गरेको थियो। जसअनुसार चैत २५ गते जिल्ला भेला, चैत २८ गते ७५३ पालिकामा विरोध प्रदर्शन, र वैशाख ३ गते हजारौं कमिटीहरूको भेला आयोजना गर्ने योजना थियो।
त्यसैगरी वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते काठमाडौं उपत्यकास्तरीय प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको थियो। तर पछिल्लो निर्णयसँगै ती कार्यक्रमहरूमा संशोधन गरिएको छ। एमालेले अब आन्दोलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ रणनीति अपनाएको जनाएको छ।
यो पनि पढ्नुहोस:नेप्सेमा सेयर मूल्य अब दैनिक १५% सम्म घटबढ हुने, काठमाडौंमा १,०९७ गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका व्यक्तिको प्रोफाइल तयार, प्रहरीको कडा निगरानी, प्रधानमन्त्री बालेन विरुद्धको अवहेलना मुद्दा पेसीमा, सर्वोच्चमा सुनुवाइ हुँदै, जनकपुर रिफाइनरीमा भीषण आगलागी, १५ करोडभन्दा बढी क्षति, सुनसरीमा गैँडाको खागसहित ४ जना पक्राउ, सञ्जालमाथि अनुसन्धान जारी , आज वैशाख कृष्ण औँसी: आमाको मुख हेर्ने दिन देशभर श्रद्धासाथ मनाइँदै, रूपन्देहीमा नक्कली नोट कारोबार: ४ जना पक्राउ, हजार दरका नोट बरामद , हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलको कडा चेतावनी, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply