१४ वैशाख, काठमाडौं। कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया अहिले निर्णायक चरणमा पुगेको छ। नेपाली कांग्रेसको संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव गरिएको छ। सोमबार पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उक्त प्रस्ताव आएको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा सभापति गगन थापाले पूर्वसहमहामन्त्री समेत रहेका आङ्देम्बेलाई कांग्रेस संसदीय दल नेता बनाउने प्रस्ताव गरेका हुन्।यसअघि गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले सहमति जुटाउन उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो।समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायत रहेका छन्। समितिलाई कांग्रेस संसदीय दल नेता चयनमा सहमति खोज्ने जिम्मेवारी दिइएको थियो।
नेपाली कांग्रेस भित्र कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया अघि बढ्दै, भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव गरिएको छ। सर्वसम्मत निर्णयको तयारी।
केन्द्रीय कार्यसम्पादन समितिले सहजीकरण भूमिका खेले पनि अन्तिम निर्णय भने सांसदहरूले नै गर्ने व्यवस्था छ।यसैअनुसार दिउँसो सिंहदरबारस्थित संसदीय दलको बैठक बोलाइएको छ, जहाँ दिउँसो १ बजे कांग्रेस संसदीय दल नेता सर्वसम्मत रूपमा घोषणा गर्ने तयारी गरिएको छ।कांग्रेसमा हाल ३८ जना सांसद रहेका छन्। आङ्देम्बे समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन्।
यो पनि पढ्नुहोस:हर्मुज खोलेर युद्ध अन्त्य गर्ने अमेरिकालाई इरानको नयाँ प्रस्ताव!, एआईमा नयाँ सम्भावना | गभर्नर पौडेलको पहलले खुल्यो नयाँ लगानीको ढोका, मालीमा समन्वित आक्रमण, रक्षामन्त्री सादियो कमारा मृत्यु, कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ, लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ, छिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?, युएईविरूद्ध नेपाल ३७ रनले विजयी, विश्वकप लिग-२ मा शानदार सुरुवात, लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ, रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी, सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस, मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply