पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध

पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति

९ जेठ, पाँचथर । पाँचथरको उत्तरी क्षेत्र याङवरक गाउँपालिकामा गएराति आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा केही घरहरूमा असर परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ओयाम बजार नजिकै ठूलो पहिरो झरेपछि यातायात सेवा ठप्प बनेको छ। फलैचा र च्याङथापु क्षेत्रमा खेतबारी बगाएको स्थानीयले बताएका छन्। च्याङथापुमा दुईवटा घरमा समेत क्षति पुगेको जानकारी आएको छ।

पाँचथरबाट ताप्लेजुङ जाने मार्गअन्तर्गत इन्द्रावती खोलाको पुलमा पनि क्षति पुगेको छ। त्यस्तै, तमोर करिडोरअन्तर्गत निर्माणाधीन लिम्बुनी पुलमा समेत बाढीले असर पुर्‍याएको जनाइएको छ।छिमेकी जिल्ला ताप्लेजुङको सिदिङबा क्षेत्रमा पनि बाढी–पहिरोले क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन्। लगातारको वर्षापछि कावेली र तमोर नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ।

पाँचथरको याङवरक गाउँपालिकामा राति आएको बाढी–पहिरोले सडक, पुल, खेतीबाली र घरमा क्षति पुर्‍याएको छ। मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार बाढी र पहिरोबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। सडक, पुल र खेतीबालीमा क्षति पुगेको सूचना प्राप्त भएकाले सम्बन्धित निकायहरू घटनास्थलमा परिचालित भएका छन्।


यो पनि पढ्नुहोस:उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,  बाराका रास्वपा सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्काशित बालिका बलात्कार आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउकावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पुष्टिनेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्रीबेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारीप्रतिनिधि सभाको बैठक आज बस्दै,  प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको मागनिर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा,   सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बनेविश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

4 comments
नेपालमा क्यान्सर उपचारमा संकट | जीवनरक्षक औषधि अभाव

[…] पनि पढ्नुहोस: पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो …, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन […]

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु, सतर्कता कडा

[…] औषधि अभावले बिरामी जोखिममा,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो …, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन […]

भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि दबाब

[…] औषधि अभावले बिरामी जोखिममा,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो …, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन […]

ओलीको असहमतिबीच एमालेमा कार्यदल गठन, नेतृत्व परिवर्तनबारे बहस

[…] औषधि अभावले बिरामी जोखिममा,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो …, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन […]