चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु

२६ असार, काठमाडौं । चीनको पूर्वी प्रान्त फुजियानस्थित एक जुत्ता कारखानामा लागेको भीषण आगलागीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। आगलागीपछि ठूलो संख्यामा दमकलकर्मी र उद्धार टोली परिचालन गरिएको छ भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १२ बजे जिनजियाङ शहरमा रहेको हुइटेङ जुत्ता कारखानामा आगो लागेको थियो। आगो फैलिँदा भवनभित्र रहेका धेरै कामदार प्रभावित भएका थिए। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार साँझसम्म २८ जनाको मृत्यु पुष्टि भएको छ। अधिकारीहरूले भवनभित्र अझै केही व्यक्ति फसेको हुन सक्ने आशंका गर्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

राष्ट्रिय टेलिभिजन सीसीटीभीले सार्वजनिक गरेको दृश्यमा भवनबाट बाक्लो कालो धुवाँ निस्किरहेको र दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिन निरन्तर प्रयास गरिरहेको देखिएको छ। केही मानिस आगोबाट बच्न भवनको झ्याल र छततर्फ पुगेका थिए। चीनको विपद् व्यवस्थापन मन्त्रालयका अनुसार घटनास्थलमा १८३ जना उद्धारकर्मी३५ वटा उद्धार तथा दमकल सवारी परिचालन गरिएको थियो। घाइतेहरूको उद्धार र सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

चीनको फुजियान प्रान्तस्थित जुत्ता कारखानामा लागेको भीषण आगलागीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। उद्धार कार्य जारी रहँदा केही व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्।

दमकल अधिकारी डु झेन्झाउका अनुसार जुत्ता उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र टाँस्ने रसायनका कारण आगो तीव्र रूपमा फैलिएको थियो। साथै भर्याङ र आपतकालीन निस्कने मार्ग सामग्रीले भरिएकाले उद्धार टोलीलाई माथिल्लो तलासम्म पुग्न कठिनाइ भएको उनले बताए।बिहीबार साँझसम्म आगो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। यद्यपि भवनभित्र फसेका हुन सक्ने व्यक्तिको खोजी, घाइतेको उपचार तथा आगो पूर्ण रूपमा निभाउने काम जारी रहेको छ।

घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै उद्धार कार्य तीव्र बनाउन र घटनाका लागि जिम्मेवार देखिने व्यक्तिमाथि कानुनी कारबाही गर्न निर्देशन दिएका छन्। राष्ट्रपति सीले हालका वर्षहरूमा भएका औद्योगिक दुर्घटनाबाट सम्बन्धित निकायले गम्भीर पाठ सिक्नुपर्ने आवश्यकता औंल्याउँदै औद्योगिक सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।


यो पनि पढ्नुहोस:नक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइनेश्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ,  नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, साउन १ देखि सेवा सुरुआज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन१ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ,  बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही,  साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफलगुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्