१८ साउन, विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारको सूचनाका आधारमा विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले करिब पाँच घण्टा खानतलासी गरेको छ। तर, खोजतलासका क्रममा कुनै शंकास्पद वस्तु वा अवैध रकम फेला नपरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका अनुसार सोमबार बिहान ४:३० बजेदेखि सुरु भएको खानतलासी करिब पाँच घण्टासम्म चलेको थियो। त्यसपछि प्रहरी टोली कुनै आपत्तिजनक सामग्री फेला नपारी फर्किएको हो।
विशेष सूचनाका आधारमा छापा
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल ले अवैध नगद तथा हुन्डीको रकम लुकाएको भन्ने विशेष सूचनाका आधारमा छापा मारिएको बताए। उनका अनुसार घरदेखि कार्यालयसम्म विस्तृत रूपमा खानतलासी गरिए पनि कुनै शंकास्पद वस्तु भेटिएन “विशेष सूचनाका आधारमा छापा मारिएको हो। घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो, तर केही भेटिएन,” एसपी कटवालले बताए।
परिवारले भन्यो : पूर्ण सहयोग गर्यौं
देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडा ले प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै पुर्जीका आधारमा खानतलासी गरेको र आफूहरूले पूर्ण सहयोग गरेको बताए। उनका अनुसार प्रहरीले घरका सबै स्थानमा खोजतलास गरे पनि कुनै अवैध सामग्री फेला पार्न सकेन। “बिहान पुर्जी देखाएर खानतलासी गर्न आउनुभयो। हामीले सबै सहयोग गर्यौं। अन्तिममा केही पनि फेला परेन र प्रहरी फर्कियो,” उनले भने। प्रकाश मुन्दडा विराटनगरका प्रमुख चाँदी व्यवसायीमध्ये एक मानिन्छन्। प्रहरीले घटनाबारे आवश्यक प्रक्रिया पूरा गरी अनुसन्धान समाप्त गरेको जनाएको छ।
यो पनि पढ्नुहोस: कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ, गोठाटार आगलागीमा १४ पसल जले, ९ दमकलको सहयोगमा आगो नियन्त्रण, बागमती प्रदेश मन्त्रालय भवनका लागि ३,४८४ रुख काटिने, हेटौँडामा निर्माण प्रक्रिया अघि बढ्यो, एकै रातमा टुट्यो युरोपको सपना,फर्किए हजारौं आप्रवासी 57 जनाको मृत्यु, अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढी ठगी मुद्दा दायर, बूढानीलकण्ठको घरजग्गा कब्जाको आरोप, एक वर्षभित्र म्याद सकिने लाइसेन्स नजिकको कार्यालयबाट नवीकरण गर्न विभागको आग्रह, एनसेल र स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ, टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ, युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात





















Leave a Reply