गोरखाको घ्याम्पेसालमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा

३३/११ केभी सबस्टेसन

१९ साउन, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–स्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन सफलतापूर्वक सञ्चालनमा आएको छ। लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वे (Right of Way) सम्बन्धी विवादका कारण सञ्चालनमा आउन नसकेको अब विद्युत् प्रणालीमा जोडिएको हो। सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाका बासिन्दाले थप भरपर्दो, गुणस्तरीय र स्थिर विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

यो आयोजना नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो। यस कार्यक्रमअन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दीलगायत विभिन्न जिल्लामा ३३/११ केभी सबस्टेसन, ३३ केभी प्रसारण लाइन, ११ केभी फिडर तथा ४०० भोल्ट एलटी वितरण लाइन निर्माण गर्ने योजना रहेको छ।

गोरखाको घ्याम्पेसालमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजारभन्दा बढी नागरिक लाभान्वित हुने

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका करिब १५ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए। उनका अनुसार निर्माणाधीन बारपाक–दरौदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत् पनि यही सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। यसले स्थानीय विद्युत् आपूर्तिलाई अझ प्रभावकारी र विश्वसनीय बनाउने विश्वास गरिएको छ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सबस्टेसन सञ्चालनसँगै उत्तरी गोरखाका नागरिकको वर्षौंदेखिको गुणस्तरीय विद्युत् सेवाको अपेक्षा पूरा भएको बताए।

उनले यस आयोजनाले स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुनुका साथै गोरखा बजार सबस्टेसनमा बेला–बेला देखिने लाइन अवरुद्ध हुने समस्या पनि उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गरे। घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् पूर्वाधारमा महत्वपूर्ण सुधार हुने र भविष्यमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस:रास्वपा सांसद आचार्यको चिन्ता: समितिहरूमा उजुरीहरू समाधान नहुने अवस्था,सार्वजनिक लेखा समितिमा आर्थिक अनियमितताको जाँच आवश्यक : सांसद ठगुन्ना विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा प्रहरी छापा, शंकास्पद वस्तु फेला परेन,  कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउगोठाटार आगलागीमा १४ पसल जले, ९ दमकलको सहयोगमा आगो नियन्त्रण,  बागमती प्रदेश मन्त्रालय भवनका लागि ३,४८४ रुख काटिने, हेटौँडामा निर्माण प्रक्रिया अघि बढ्योएकै रातमा टुट्यो युरोपको सपना,फर्किए हजारौं आप्रवासी 57 जनाको मृत्यु,

 अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढी ठगी मुद्दा दायर, बूढानीलकण्ठको घरजग्गा कब्जाको आरोपएक वर्षभित्र म्याद सकिने लाइसेन्स नजिकको कार्यालयबाट नवीकरण गर्न विभागको आग्रहएनसेल र स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ,   टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँयुरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *