जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ: गोपनीयता हननको आरोपमा अनुसन्धान सुरु

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ: गोपनीयता हननको आरोपमा अनुसन्धान सुरु

२८ साउन, काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको कसुरमा पक्राउ गरी म्याद थपका लागि अदालत उपस्थित गराएको छ। बुधबार साँझ ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएका श्रेष्ठलाई प्रहरीले हतकडीसहित सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालत पुर्‍याएको हो।

प्रहरीले श्रेष्ठको निवासका साथै जनआस्थाको कार्यालयमा समेत पुगेर खानतलासी गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले कार्यालय र निवासबाट ल्यापटप, कम्प्युटर लगायतका डिजिटल उपकरणहरू नियन्त्रणमा लिएको जनाएको छ। हाल श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।

श्रेष्ठको गिरफ्तारीपछि पत्रकार सम्बद्ध विभिन्न संघ-संगठनहरू आन्दोलित बनेका छन्। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेसहितका पत्रकारहरू मध्यराति नै काठमाडौँ प्रहरी परिसर परिसरमा पुगेर पक्राउको कडा विरोध गरेका छन्। पत्रकार अधिकारकर्मीहरूले राज्य प्रशासनले सञ्चारकर्मीमाथि धरपकड बढाएको भन्दै आपत्ति जनाएका छन्।

यो घटनासँगै सञ्चार जगत्मा नयाँ बहस सिर्जना भएको छ। सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित विषयवस्तुमाथि कुनै असहमति वा सिकायत भए प्रेस काउन्सिल नेपालमार्फत नियमन र कारबाही हुनुपर्नेमा सिधै प्रहरी परिचालन गरिनु गलत भएको कतिपयको तर्क छ। अर्कातिर, पत्रकारिता क्षेत्रले पनि आचारसंहिता र नागरिकको व्यक्तिगत गोपनीयताको संवैधानिक अधिकारको सम्मान गर्नुपर्ने विषय उठाइएको छ।

यो पनि पढ्नुहोस: नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबारकामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा, चालु वर्ष लाभांश दिने पहिलो बैंककर्णाली डेभलपमेन्ट बैंक घोटाला: तत्कालीन सीईओ नीरजविक्रम शाहसहित ३ जना पक्राउ, सरकारको नियतमा शङ्का छैन, तर सञ्चालनमा ढङ्ग पुगेन: रास्वपा सांसद मनिष झा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात, नेपालमा पर्यटकीय गतिविधिको विस्तार: पूर्वाधार विकास र नयाँ रणनीतिमा जोड, बङ्गलादेशतर्फ नेपालको बिजुली निर्यात सुरु: ऊर्जा क्षेत्रमा ऐतिहासिक सफलता,नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त,काठमाडौँ र कास्कीबाट लागुऔषध,  हुलाकमार्फत घरदैलोमै सेवा: १० हजार नागरिक लाभान्वित, साढे १० लाख लाइसेन्स र साढे २ लाख राहदानीआन्तरिक स्रोत र राजस्व सुदृढ गर्दै देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेजनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ: गोपनीयता हननको आरोपमा अनुसन्धान सुरु,सिंहदरबारभित्र सञ्चालनमा आयो सुलभ मूल्य खाद्य बिक्री कक्ष, राष्ट्रसेवक र सेवाग्राहीलाई राहत
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *