आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, हट्यो टोकन प्रणाली

१६ चैत, काठमाडौं । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले श्रम स्वीकृति प्रक्रियामा सुधारका कदम अघि बढाउने निर्णय गरेको हो। यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा मात्र श्रम स्वीकृति दिइँदै आएको थियो। अब टोकन प्रणाली हटाइने भएको छ र आवेदन दिएको दिनै श्रम स्वीकृति पाइने व्यवस्था वैदेशिक रोजगार विभागले लागू गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली हटाएर आवेदन दिएको दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न विभागलाई निर्देशन दिएको थियो। विभागका अनुसार, तोकिएका कागजातहरू पेश गरिएमा सोही दिन श्रम स्वीकृति तथा पुनः स्वीकृति पनि प्रदान गरिनेछ। मन्त्री दिपक कुमार साहले बैठकमा श्रम र रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन तथा श्रमिकको हकहितको संरक्षण गर्न विभिन्न सुधारात्मक कार्ययोजना कार्यान्वयन गर्ने निर्देशन दिएका छन्। आजको निर्णयले वैदेशिक रोजगारका प्रक्रियामा पारदर्शिता र सहजता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

powered by jimmewari सम्पत्ति शुद्धीकरण अनुसन्धानमा कांग्रेस नेता दीपक खड्का पक्राउ


यो पनि पढ्नुहोस्