अर्थमन्त्री वाग्लेले बदमासी गर्ने विरुद्धमा राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताए ।

२० चैत पर्सा । Swarnim Waglé ले उद्योगी–व्यवसायीलाई तर्साएर होइन, संवादमार्फत राजस्व बढाउने नीति अपनाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन्। शुक्रबार Birgunj Customs Office को निरीक्षण गर्दै अर्थमन्त्री वाग्लेले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्नुपर्ने दबाब रहे पनि व्यवसायीलाई धरपकड वा धम्की दिने तरिका गलत भएको बताए।

उनले भने, “राजस्व लक्ष्य पूरा गर्न दबाब आउँछ, तर उद्योगी–व्यवसायीलाई छापा मार्ने वा तर्साउने होइन, संवाद र सहकार्यबाटै राजस्व बढाउनुपर्छ।” अर्थमन्त्री वाग्लेले घुस लेनदेन सम्बन्धी गुनासाहरू अन्त्य गर्न पनि कडा निर्देशन दिएका छन्। “यस्ता विकृतिलाई नियन्त्रण गर्नु अत्यन्त आवश्यक छ,” उनले स्पष्ट पारे। उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र गलत काम गर्नेलाई निरुत्साहित गर्ने नीति अपनाइने बताए। साथै, सरकारको माथिल्लो तहबाटै सदाचारको अभ्यास सुरु भएकाले तल्लो तहसम्म त्यसको कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे।

बजार अनुगमन आवश्यक भए पनि त्यसको दुरुपयोग हुन नदिन सतर्क रहनुपर्नेमा पनि उनले जोड दिए। “कडाइ गरेर छोटो समयका लागि राजस्व बढाउन सकिएला, तर दीर्घकालमा व्यवसायी नै हतोत्साहित हुने अवस्था सिर्जना गर्न हुँदैन,” उनले भने। अर्थमन्त्री वाग्लेले स्पष्ट सन्देश दिँदै भने, “संवादमार्फत राजस्व बढाउनेतर्फ लाग्नुस्, राज्य बदमासी गर्नेहरूविरुद्ध भने कडा रूपमा प्रस्तुत हुनेछ।”


यो पनि पढ्नुहोस्