५ वैशाख काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार ४६ वर्षीय ओग्नियन पेट्रोभलाई शुक्रबार पक्राउ गरिएको हो। उनी Air Indiaको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए। प्रस्थानतर्फको ‘होल्ड ब्यागेज चेकिङ’ क्षेत्रमा एक्स-रे स्क्रिनिङ गर्दा उनको सामान शंकास्पद देखिएपछि सुरक्षाकर्मीले विस्तृत जाँच गरेका थिए। जाँचका क्रममा १.२५ लिटरका ५ वटा बोतलमा गाँजा वा भाँगो जस्तो देखिने तेल बरामद गरिएको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउ जाँचका क्रममा १.२५ लिटरका ५ वटा बोतलमा गाँजा वा भाँगो जस्तो देखिने तेल बरामद गरिएको
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राज कुमार सिलवालका अनुसार पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागू औषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यो पनि पढ्नुहोस:चीन युथ पायोनियर प्रोग्राम नेपाल सुरु: जेनजी युवालाई नेतृत्व तालिम र चीन भ्रमण अवसर, ट्रम्प भेटअघि चीनको कूटनीतिक दौडधुप: इरानलाई मनाउँदै, अमेरिकासँग सन्तुलन खोज्दै बेइजिङ, एमालेले आन्दोलनका कार्यक्रम संशोधन गर्यो, वैशाख ९ मा देशभर रचनात्मक कार्यक्रम, नेप्सेमा सेयर मूल्य अब दैनिक १५% सम्म घटबढ हुने, काठमाडौंमा १,०९७ गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका व्यक्तिको प्रोफाइल तयार, प्रहरीको कडा निगरानी, प्रधानमन्त्री बालेन विरुद्धको अवहेलना मुद्दा पेसीमा, सर्वोच्चमा सुनुवाइ हुँदै, जनकपुर रिफाइनरीमा भीषण आगलागी, १५ करोडभन्दा बढी क्षति, सुनसरीमा गैँडाको खागसहित ४ जना पक्राउ, सञ्जालमाथि अनुसन्धान जारी , आज वैशाख कृष्ण औँसी: आमाको मुख हेर्ने दिन देशभर श्रद्धासाथ मनाइँदै, रूपन्देहीमा नक्कली नोट कारोबार: ४ जना पक्राउ, हजार दरका नोट बरामद , हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलको कडा चेतावनी, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply to सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : 4 मृत्यु , 14 घाइते Cancel reply