१३ वैशाख, काठमाडौं । यस वर्ष सरकारले रासायनिक मल आयात प्रक्रिया समयमै अगाडि बढाउँदा नेपाल ठूलो संकटबाट जोगिएको देखिएको छ। फागुन मध्यपछि मध्यपूर्वमा बढेको तनाव र Iran सम्बन्धित युद्धका कारण विश्व बजारमा मलको मूल्य आकासिएको छ। धेरै देशमा अभाव देखिएको भए पनि नेपालमा भने अहिले मलको संकट नरहेको सरकारी निकायहरूले बताएका छन्।
एसियाली विकास बैंकको एसिया आउटलुक र विश्व बैंकको नेपाल डेभलपमेन्टले सार्वजनिक गरेका प्रतिवेदनमा पनि समयमै गरिएको मल आयातले नेपालको कृषि उत्पादन र मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पारेको उल्लेख गरिएको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा डिएपी मलको आयात १२० प्रतिशतले बढेको छ। गत वर्ष ९ करोड ३१ लाख किलो आयात भएकोमा यस वर्ष २० करोड ५८ लाख किलो आयात गरिएको छ। यस्तै, युरिया मल पनि ८१ प्रतिशतले बढेर ३० करोड किलोभन्दा बढी आयात भएको छ।
रासायनिक मल संकट नेपालमा टरेको छ। समयमै मल आयातका कारण अहिले अभाव छैन तर विश्व बजारमा मूल्य वृद्धि र मध्यपूर्व तनावले आगामी वर्ष जोखिम बढाएको छ।
विश्व बजारमा भने मूल्य तीव्र रूपमा बढेको छ। युरिया मलको मूल्य ७०० डलर प्रति टन नाघिसकेको छ भने केही अन्तर्राष्ट्रिय रिपोर्टअनुसार ९००–१००० डलरसम्म पुगेको छ। डिएपी मल पनि ७२० देखि ८६० डलरसम्म पुगेको छ।
मध्यपूर्वको Strait of Hormuz क्षेत्रमा तनाव बढेपछि आपूर्ति प्रणालीमा अवरोध आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार अहिले नेपालमा मलको अभाव छैन। आवश्यक परिमाणमा मल पहिले नै आयात गरिएकाले तत्काल समस्या नदेखिएको हो।तर विज्ञहरूका अनुसार आगामी वर्ष भने उच्च मूल्य र आपूर्ति समस्याले असर पार्न सक्ने सम्भावना छ।
यो पनि पढ्नुहोस: युएईविरूद्ध नेपाल ३७ रनले विजयी, विश्वकप लिग-२ मा शानदार सुरुवात, लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ, रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी, सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस, मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply