कैलालीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको आरोप, भिडियो भाइरल

३१ जेठ, धनगढी | कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको पुरानो टेम्पो वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले भिरबाट खसालिदिएको आरोप लागेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आलोचना र कारबाहीको माग उठेको छ। स्थानीय धनादेवी धामीले उक्त टेम्पोलाई खुद्रा सामान बेच्ने पसलका रूपमा प्रयोग गर्दै आएकी थिइन्। उनले वन कर्मचारीले पहिले टेम्पोबाट सामान झारिदिएपछि आफूले टेम्पो घर लैजान चाहेको तर अनुमति नदिई सडकबाट भिरतर्फ धकेलिएको दाबी गरेकी छन्।

यता डिभिजन वन कार्यालय धनगढी का प्रमुख रामविचारी ठाकुरले भने वन अतिक्रमण हटाउने अभियान अन्तर्गत उक्त टेम्पो हटाउन पटक–पटक ताकेता गरिएको दाबी गरेका छन्। उनका अनुसार सडक क्षेत्रमा राखिएको टेम्पो हटाउन कर्मचारी पुग्दा विवाद भएको र आवेशमा स्थिति बिग्रिएको हुनसक्ने बताएका छन्। उनले टेम्पो सडकमा सञ्चालन गर्न मिल्ने अवस्थामा नभई पुरानो संरचना भएको पनि दाबी गरे। वन कार्यालयका अनुसार राजमार्ग क्षेत्र अतिक्रमण गरेर बनाइएका ४७ वटा संरचना यसअघि हटाइसकिएको छ। तर, यस घटनामा टेम्पो भिरबाट खसालिएको दृश्य सार्वजनिक भएपछि वन कर्मचारीको कार्यशैलीमाथि प्रश्न उठेको छ।

कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा खुद्रा सामान बेच्न प्रयोग गरिएको पुरानो टेम्पो वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले भिरबाट खसालिदिएको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान र जिम्मेवार कर्मचारीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग स्थानीय बासिन्दा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट उठिरहेको छ। आधिकारिक छानबिन प्रक्रिया भने सार्वजनिक गरिएको छैन।


यो पनि पढ्नुहोस: हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षति, तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन, केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,  इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमणबीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको मागन्यून चापीय वायुको प्रभाव कायम, आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावनारविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा,  भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्