गृहमन्त्रीद्वारा एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भेट

१८ चैत काठमाडौं । गृहमन्त्री सुधन गुरुङले एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका एक ज्येष्ठ नागरिकसँग भेट गरेका छन्। केही दिनअघि केपी शर्मा ओलीको पक्राउको विरोधमा नारा लगाउँदै हिँडिरहेका एमाले कार्यकर्ताले एक वृद्धमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सो घटनापछि मंगलबार साँझ गृहमन्त्री गुरुङ स्वयं ती वृद्धको निवासमै पुगेर भेट गरेका हुन्।

गृहमन्त्रीकै निर्देशनमा ललितपुर प्रहरीले घटनामा संलग्न रामशरण शर्मा बजगाईँलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। गृहमन्त्रीको सचिवालयका अनुसार पीडित ज्येष्ठ नागरिकले आफू पीडित भएको अवस्थामा तत्कालै सरकारको साथ पाएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।


यो पनि पढ्नुहोस्