५ साउन, काठमाडौं । सरकारले कर प्रणालीलाई प्रवर्द्धन गर्न बिल लिने उपभोक्तालाई लखपति बनाउने योजना कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गरेको छ। यो योजनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) वा **स्थायी लेखा नम्बर (प्यान)**मा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको खरिद गरी सक्कली बिल लिने उपभोक्ता योजनामा सहभागी हुन सक्नेछन्।
सरकारका अनुसार सामान खरिद गर्दा वा होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक प्रतिष्ठानमा भुक्तानी गरेपछि प्राप्त हुने बिल नम्बर नै पुरस्कार छनोटको आधार हुनेछ।
प्रारम्भिक चरणमा हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा विजेता छनोट गरिने व्यवस्था गरिएको छ। यो कार्यक्रम चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको थियो। यसको मुख्य उद्देश्य उपभोक्तालाई बिल लिन प्रोत्साहन गर्नु, कर छलि न्यूनीकरण गर्नु तथा औपचारिक आर्थिक कारोबार बढाउनु रहेको सरकारको भनाइ छ।
कार्यविधिअनुसार योजना सञ्चालन भएपछि योग्य बिल नम्बरका आधारमा विजेता छनोट गरिनेछ। सरकारले कार्यक्रमको विस्तृत सञ्चालन प्रक्रिया, सहभागी हुने मापदण्ड र पुरस्कार वितरण सम्बन्धी व्यवस्था कार्यविधिमार्फत सार्वजनिक गरेको छ।
यो पनि पढ्नुहोस:काठमाडौंको माकालबारीमा युवतीले युवतीले आगो लगाएर गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै, कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, , धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदान, कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदर, कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा, कोशी अस्पतालको सरकारी जग्गामा डोजर, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात





















Leave a Reply