जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ, पत्रकार संगठनहरू आन्दोलित

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ, पत्रकार संगठनहरू आन्दोलित

२९ साउन, काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ गरिएका श्रेष्ठलाई हाल काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। सम्पादक श्रेष्ठको पक्राउलगत्तै पत्रकारिता सम्बद्ध विभिन्न संघसंस्थाहरूले कडा आपत्ति जनाउँदै विरोध प्रदर्शन सुरु गरेका छन्।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायतका पत्रकार अगुवा तथा सञ्चारकर्मीहरूले मध्यरातिदेखि नै काठमाडौँ प्रहरी परिसर अगाडि भेला भएर पक्राउको विरोध जनाएका छन्। समाचार तथा प्रकाशित सामग्रीका विषयमा चित्त नबुझेमा उजुरी सुन्ने र नियमन गर्ने कानुनी संयन्त्र प्रेस काउन्सिल हुँदाहुँदै प्रहरीले सिधै पत्रकारलाई हिरासतमा लिनु प्रेस स्वतन्त्रताविरोधी कदम भएको पत्रकार महासंघको ठहर छ।

यता श्रेष्ठको पक्राउलाई लिएर सञ्चार तथा बौद्धिक वृत्तमा फरक–फरक दृष्टिकोण समेत देखिएका छन्। एक पक्षले सञ्चार माध्यममा प्रकाशित सामग्रीको नियमन गर्ने अधिकार प्रेस काउन्सिलको भएको र सिधै फौजदारी अभियोग जसरी पत्रकारलाई नियन्त्रणमा लिनु गलत भएको तर्क गरिरहेका छन् भने अर्को पक्षले पत्रकारिताको आचारसंहिता, कानुन र न्यूनतम मर्यादाको पालना नगरिए कानुनी दायरामा आउनुपर्ने धारणा राखेका छन्।

यद्यपि, कुनै पनि समाचार वा अभिव्यक्तिलाई लिएर नियमित कानुनी प्रक्रिया र प्रेस काउन्सिलको क्षेत्राधिकार छलेर प्रहरी प्रशासनमार्फत धरपकड गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सञ्चार जगतले तत्काल श्रेष्ठको रिहाइको माग गरेको छ।

यो पनि पढ्नुहोस: नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबारकामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा, चालु वर्ष लाभांश दिने पहिलो बैंककर्णाली डेभलपमेन्ट बैंक घोटाला: तत्कालीन सीईओ नीरजविक्रम शाहसहित ३ जना पक्राउ, सरकारको नियतमा शङ्का छैन, तर सञ्चालनमा ढङ्ग पुगेन: रास्वपा सांसद मनिष झा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात, काठमाडौँ र कास्कीबाट लागुऔषध,  हुलाकमार्फत घरदैलोमै सेवा: १० हजार नागरिक लाभान्वित, साढे १० लाख लाइसेन्स र साढे २ लाख राहदानीआन्तरिक स्रोत र राजस्व सुदृढ गर्दै देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेजनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ: गोपनीयता हननको आरोपमा अनुसन्धान सुरु,सिंहदरबारभित्र सञ्चालनमा आयो सुलभ मूल्य खाद्य बिक्री कक्ष, राष्ट्रसेवक र सेवाग्राहीलाई राहत, जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ, पत्रकार वृत्त आन्दोलित; क्षेत्राधिकारमाथि उठ्यो प्रश्नरोल्पाको थबाङमा भीषण पहिरो : १० जनाको मृत्यु, ३ अझै बेपत्ताजनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ, पत्रकार संगठनहरू आन्दोलितपुष्पलाल स्मृति ब्याडमिन्टन : नङ्गशल र रिहानाको जोडी महिला युगलको क्वार्टरफाइनलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *