आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना

१५ वैशाख, काठमाडौं । आज र भोलि देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिएको छ। हवाई र सडक यातायात सेवा प्रभावित हुनसक्ने मौसमविद् सरोज पुडासैनीका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। ती प्रदेशहरूलाई पहेँलो संकेतमा राख्दै विभागले मौसमको नियमित अपडेट लिएर मात्र यात्रा तथा बाहिरी काम गर्न सुझाव दिएको छ।विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दाले थप सतर्कता अपनाउनुपर्ने बताइएको छ। हिमाली क्षेत्रमा मध्यम खालको हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ।

वैशाख १५ गते देशका अधिकांश प्रदेशहरू—कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम—मा मध्यम वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने मौसमविदले जनाएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज १५ वैशाख देशभर मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना अनुमान गरिएको छ । त्यस्तै भोलि वैशाख १६ गते पनि मौसममा खासै सुधार नआउने देखिएको छ।

त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा जारी रहने अनुमान गरिएको छ।यस वर्षाले केही राहत पनि दिने देखिएको छ। केही दिनदेखि तराई क्षेत्रमा बढेको गर्मी, डढेलो र प्रदूषणलाई कम गर्न वर्षाले सहयोग पुग्ने मौसमविदहरूको भनाइ छ।हाल गण्डकी प्रदेशका लमजुङ, कास्की, पर्वत, स्याङ्जा तथा बागमती प्रदेशको नुवाकोटका केही स्थानमा वर्षा भइरहेको छ। लमजुङको बेँसीसहरमा एक घण्टामै १२.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन मध्यम स्तरको वर्षा मानिन्छ।


यो पनि पढ्नुहोस: कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव, हर्मुज खोलेर युद्ध अन्त्य गर्ने अमेरिकालाई इरानको नयाँ प्रस्ताव!एआईमा नयाँ सम्भावना | गभर्नर पौडेलको पहलले खुल्यो नयाँ लगानीको ढोकामालीमा समन्वित आक्रमण, रक्षामन्त्री सादियो कमारा मृत्युकांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ,  लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउछिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?युएईविरूद्ध नेपाल ३७ रनले विजयी, विश्वकप लिग-२ मा शानदार सुरुवात,  लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ,  रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी,  सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिसमिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

BREAKING NEWS
बुटवल स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन्। पाल्पा को नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ७ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवतीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। Apr 29 अहिले पनि सेयर बजारमा दुई–तीन सय रुपैयाँ प्रतिकित्तामा वाणिज्य बैंकहरूको सेयर पाइन्छ। तर तीमध्ये केही बैंकले पछिल्लो समय लगानीकर्ताको ध्यान तानेका छन्। आज हामीले चर्चा गरेका दुई बैंक हुन् – सिद्धार्थ बैंक र कुमारी बैंक। यी दुवै बैंकको पछिल्लो वित्तीय विवरणले सेयर लगानीकर्तालाई उत्साहित बनाएको देखिन्छ। Apr 29 भारतमा विकसित हावाहुरीसहित वर्षा गराउने बादल नेपालतर्फ सर्दै आएको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। मौसमविद् सरोज पुडासैनी का अनुसार पश्चिमबाट आएको उक्त प्रणाली हाल कञ्चनपुर आसपास आइपुगेको छ र क्रमशः देशभर फैलिने क्रममा छ।विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले बुधबारका लागि विशेष बुलेटिन जारी गर्दै तीव्र हावाहुरीको चेतावनी दिएको Apr 29 बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते Apr 29 किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई? Apr 29 भारतबाट भित्रँदैछ हावाहुरीसहित वर्षा गराउने बादल, पूर्वमा पनि सक्रिय अर्को प्रणाली Apr 29