२० असार, काठमाडौं । राहदानी विभागले नयाँ प्रविधिमा आधारित प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली परिवर्तनको कामका कारण केही दिन राहदानी सेवा अस्थायी रूपमा बन्द हुने विभागले जानकारी दिएको छ। विभागले सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि स्थगित हुनेछ। यस्तै, राहदानी विभागको केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द रहनेछ। विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नुपर्ने भएकाले सेवा केही समयका लागि रोक्नुपर्ने अवस्था आएको हो।
राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारीस्वरूप असार २४ देखि २६ गतेसम्म जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशस्थित नेपाली नियोगबाट प्रदान हुने राहदानी सेवा बन्द हुने जनाएको छ।
नयाँ प्रणाली सञ्चालनमा आएपछि राहदानी सेवा थप व्यवस्थित, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको विभागले जनाएको छ। विभागले असार २७ गतेदेखि नयाँ प्रणालीमार्फत नियमित रूपमा राहदानी सेवा सञ्चालन गर्ने तयारी गरेको छ। यस अवधिमा राहदानीसम्बन्धी सेवा आवश्यक पर्ने नागरिकलाई आफ्नो कामको योजना सोहीअनुसार बनाउन विभागले अनुरोध गरेको छ।
यो पनि पढ्नुहोस: बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही, पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था, आयल निगमको कडा कदम, निजामती विधेयकमा दुई मन्त्रालयबीच मतभेद, ३५ दिनदेखि कानुन मन्त्रालयमै रोकियो मस्यौदा, साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, मनसुनको जोखिम बढेपछि बेँसीसहर–चामे र सुन्दरबजार–भोर्लेटार सडकमा राति सवारी सञ्चालन बन्द, ३४ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह, युरोपमा गर्मीको कहर, तातो लहरका कारण १,३०० भन्दा बढीको मृत्यु, प्रमुख चुनौती कार्यान्वयन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply